उद्यम, उद्यमीको लागि

माथिको चक्रमा भएका हरेक पक्षहरु व्यवसयीले बुझ्नु नै पर्ने कुरा हो । त्यसमध्य पहिले त व्यापार व्यसायको वैधानिकपूर्वक दर्ता गर्न‘को महत्व लाई बुझ्नु प¥यो । त्यसपछी, आफ्नो सेवा र सामान उत्पादनमा गुणस्तरको स्तर र गुणस्तरताको प्रमाणीकारण गर्न‘ पनि बुझ्न जरुरी छ ।
हामीले कुनै पनि नयाँ काम थालनी गर्दा हामी यही चाहन्छौं कि हाम्रो हरेक पाइला वा निर्णयहरुले हामीलाई सफलता तिरनै अघि बधाओस । तर चाहेर नचाहेर हाम्रा हरेक निर्णयले सोचे जस्तो नतिजा भने दिन सक्दैन । यसमा कति त हाम्रोनै कमी कम्जोरीका कारण हुन्छन भने कति समयमा हामीले उध्यम्शील्ताका पक्षहरु बुझ्न नसकेर हुन्छन । धेरै उध्यमीहरु काम त थालछन तर बिचमै कि त हार मन्छन या आफ्नो व्यवसय बन्द गर्न बाध्य हुन्छन । हामीले धेरै उध्यमीहरुसँग काम र्गयौं र त्यही अनुभवका अधारमा हामीले के बुझ्यौं भने एक व्यसायको निरन्तरता र बृद्धिका लागी केहि कुरामा ध्यान दिन भने आवस्यक हुन्दो रहेछ । र त्यही बुझाइ र अध्ध्यनका आधारमा हामीले यी निम्न बुंदाहरु तयार पारेका छौं । यी बुदाहरु हरेक उध्यमीले यदी बुझे र अपनाए व्यवसायको निरन्तरता र प्रगतीमा सहयोग पुगिन्छ । हामीले यस्लाई उध्यमशील्ताका ११ चक्रका रुपमा रखेका छौं । त्यसका साथै हमीले सल्लाह र प्रशिक्षणका कुरालाई नी प्रथमिक्ता दिएका छौं ।
त्यस्तै आफ्नो व्यवसयमा सक्षम जनशक्तिलाई नियुक्ती गर्ने देखी लिएर, कसरी परिचलन गर्ने र साथै श्रोतको व्यवस्थापन कसरी गर्ने हो पनि बुझ्नु पर्छ । आपूmले मान्छे रखेझैं आफ्नो सेवा र सामानको बारेमा पनि अरुलाई सही जानकारी दिनु पनि जरुरी हुन्छ । र आफु काम गरिराखे पछी अफूले गरेको कामको मुल्य पनि बुझ्नु पर्छ । काममा प्रयोग भएका बौद्धिक सम्पत्ति र त्यसका प्रमाणीकारणका बारे बुझ्नु सँग–सँगै लाईजानु पर्दछ ।
सेवा होस या सामान यदी तपाईंले गरिरख्नु भएको कामलाई सही सन्छर मध्यमबाट विज्ञापन गर्न‘ भएन र सही नीति तयार पार्नु भएन भने तपाईंको काम र सामानका बारे न त कसैलाई थाहा हुन्छ, न त त्यसको प्रशंसा नै हुन्छ । र त्यस्तै आफ्नो सामान को बिकृ, आयात निर्यात का लागी पनि भएका यतायातका माध्यमहरुको पनि सही जनकारी हुनु अवस्यक हुन्छ । समान्य तपाईंको व्यवसय होस या तपाईंको आफ्नो व्यवसायलाई देश, विदेशमा लग्ने सोच्दै हुनुहुन्छ भने सरकारका तथा अन्तर्रािष्ट्रय नीति र कानुन पनि बुझ्नु जरुरी छ ।
अहिलेको समयमा बैंक र बित्तिय प्रकृयाबारे जानकारी पाउनु पनि उत्तिकै जरुरी छ, तपाईंको सबै काम बैंकबाट गरिन्छ । र आफ्नो व्यवसयलाई जोखिमबाट बचाउना बीमा प्रकरण प्रकृयाबारे पनि जानकार हुनु पर्द्छ ।
क्यानभासको आगामी संस्करणहरुमा हामी यही ११ पक्षहरुका बारे विस्तारमा कुरा गर्नेनै छौं जहाँ हामी कार्यरत उध्यमी र नयाँ उध्यम थालनी गर्न चाहने सबैलाई आवस्यक र महत्वपूर्ण जानकारी दिने छौं ।
Leave a Comment
Your email address will not be published. Required fields are marked *
