कम्पनी दर्ता गराउनु सुरुवाती खण्डबाटै नै जरुरी:

फाइजा परविन, उमेरले सानै भएपनि सपनाहरु भने ठूला लिनुभएको छन । विद्यार्थी जिवन देखी नै विद्यालयमा आयोजना गरीने कार्यक्रमको जिम्मा उहाँलाई नै लिँदै आउनु भएको थियो । विस्तारै रुचिलाई उहाँले सन् २०१७ देखी ओपन स्पेश नेटवर्क नामक संस्था खोलेर पेशा नै बनाउनुभयो । त्यहाँ देखी विभिन्न कार्यक्रमहरु आयोजना गर्नु पनि सुरुवात गर्नु भयो । नेपालमा चल्दै आएको मानिस र बजार बिच रहेको अन्तरलाई मेटाउनु नै मुख्य उद्दे श्य थियो फाइजाको । काम गर्दै गर्दा, अहिले उनले नेपाली उत्पादनलाई कसरी ल्याउने र बजार व्यवस्थापन कसरी गर्ने भन्ने कुरा पनि र ाम्रो सगँ बुझ्नु भइसकेको छ । हालसम्म उहाँले नेपाली उत्पादनलाई बजार व्यवस्थापनमा सहयोग पु¥याउन थुप्रै कार्यक्रमहरुको आयोजना गरीसक्नुभएको छ । र कम्पनी मार्फत ३० वटा स्टार्ट–अपहरुलाई उहाँले अवसर दिईसक्नुभएको छ ।
सुरुवातमा कार्यक्रमहरुको आयोजना गर्ने क्रममा क–कस्ता समस्याहरु भोग्नुभयो ?
सुरुमा अलि त गाह्रै भयो । सोच नयाँ थियो र के रहेछ भनेर कौतुहल्ताको कारणले पनि धेरै जनाले बुझ्न आउनुभयो, कतिले के रहेछ भनेर वास्ता नगर्ने पनि थियो । तर अहिले २.५ वर्ष भयो धेरैको कौतुहल्तालाई मेटाउँदै, बुझाउँदै हामीले धेरै कार्यक्रमहरु गरीरहेका छौँ । धेरै ले चिन्नुपनि हुन्छ यो कम्पनीले यस्तो काम गर्छ भनेर । हामीले एउटै सामानको लागी ३ चोटी सम्म कार्यक्रम गरेका छौँ, जसकारणले बजारमा एउटा विश्वासनिय पात्रको रुपमा हामी चिनिनथालेका छौँ ।
तपाईंसगँ कम्पनी खोल्ने र यो काम गर्छ‘ भन्ने विचार थियो, तर कम्पनी खोल्दा त्यसको कानुनी प्रक्रिया पुरा गर्न कतिको गाह्रो महसुस भयो ?
जब मैले मेरो रुचिलाई आफनो पेशा बनाउँछु भन्ने निश्कर्षमा पुगेँ, मलाई कम्पनी दर्ता गनुपर्छ भन्ने लाग्यो । दर्ता गराउन र कम्पनीको कानुनी प्रक्रिया पुरा गर्न सहयोगका लागि मसगँ कानुनी सल्लाहकार हुनुहुन्थ्यो । उहाँले मलाई बुझाउनु भयो कम्पनी खोल्दाको कानुनी प्रक्रिया कति महत्व हुन्छन भनेर । कुनै पनि कम्पनीलाई राम्रो सगँ अगाडि बढाउन कानुनी प्रक्रियाले धेरै नै महत्वपूर्ण भुमिका खेल्दो रहेछ । सुरुवाती खण्डमा तपाईलाई कम्पनी दर्ता गराउनुपर्छ भन्ने नलाग्न सक्छ तर जब तपाई बजारमा जानुहुन्छ सबैले हेर्ने भनेको दर्ता गरेको छ कि छैन कानुनी प्रक्रिया पुरा गरेको छ कि छैन भन्ने नै हो ।
नयाँ कम्पनी खोलेका अथवा खोल्ने भनेर योजना बनाउनेहरुलाई कसरी मद्दत गरीरहनु भएको छ ?
हामीले ’नमस्ते नेपाल’,’नमस्ते इद’, ’फिल्म फेस्टिभल’ जस्ता थुप्रै कार्यक्रमहरुको आयो जना गर्ने गर्छौँ । हामीले नयाँ व्यवसाय सुरु गरेकाहरुलाई, त्यही कार्यक्रममा बिभिन्न स्टलहरु दिन्छौँ, र आफनो सामन देखाउन र बुझाउन भनेर अवसर दिनेगरेका छौँ । भुकम्पपछि सुरु गरेको व्यवसायलाई हामीले कसरी आफनो सामान बेच्ने, सामान अनुसार आफनो बजार कहाँ र ग्राहक को हुनसक्छ भनेर बुझाउने काम गर्छौँ । अनि नयाँ ग्राहकहरु बनाउन पनि हामीले यो कार्यक्रमको माध्यमबाट मद्दत गरीरहेका हुन्छौँ । त्यो स्टलहरु मार्फट कार्यक्रमहरुमा आउनेहरुले त्यो उत्पादन बारे बुझन र किन्ने मौका पाउनुहुन्छ ।
कस्ता खालका कम्पनी र उत्पादनलाई तपाईहरुले प्राथमिकता दिनुहुन्छ ?
हामीले नेपाली उत्पादनहरुलाई बढी प्राथमिकता दिन्छौँ । किनभने हाम्रो गाउँ, सहरमा धेरै उत्पादनहरु छन जसले बजारमा ठाउँ पाइरहे को छैनन् । नेपाली युवाहरुसगँ विचार हुन्छन, उनिहरुको राम्रो सोचहरु हुन्छन तर बजार व्यवस्थापन कसरी गर्ने भन्ने कुरा उहाँहरुलाई थाहा हुन्न, त्यसैले हामीले नेपाली प्रडक्टहरुलाई नै बढी प्राथमिक्ता दिने गर्छौँ ।
व्यवसाय सुरु गर्नेलाई तपाईँको कम्पनीले कानुनी प्रक्रिया र दर्ता गर्न कसरी मद्द्त गर्छ ?
हामीले बिभिन्न तालिमको आयोजनाहरु गरीरहे का हुन्छौँ, कसरी आफनो कम्पनीलाई कानुनी रुपमा अगाडि बढाउनुपर्छ भनेर भन्छौँ । हामीले जति पनि कार्यक्रममा अवसर दिने व्यवसायहरु उनीहरु सबै दर्ता भएका कम्पनीहरु नै हुन्छन । साथै म गूगल बिजनेस ग्रुप (जिविजि) काठमाडौँमा पनि संलग्न छु र त्यसबाट पनि नयाँ व्यवसायीहरुलाई यही विषयमा २–३ महिनाको अन्तरालमा यस्ता तालिमहरु दिइरहेका हुन्छौँ । आफनो उत्पादनहरुलाई के गर्दा सजिलै बजारीकरण गर्न सकिन्छ भनेर नि तालिम दिने गरेका छौँ ।
मानिस र सामान बिच रहेका समस्याहरुलाई समाधान गर्न कसरी काम गर्नु भयो तपाईंले ?
समस्याहरु त धेरै थिए तर जे–जस्तो समस्याहरु भए र त्यसका समाधानका बारे पनि धेरै सोचे, अनि मैले कार्यक्रमहरु आयोजना गर्दै गए पछी थाहा पाए नेपाली उत्पादनहरुलाई सबै माझ देखाएपछि, उत्पादन गर्नेहरुको पनि आत्मबल बध्ने रहेछ र उहाँहरुको सामानहरु पनि उहाँले सबै माझ देखाउने मौका पाउने रहेछन ।
यति धेरै मानिसहरुलाई मद्दत गरीरहनुभएको अनुभव छ, तपाईं आफू आफनो कामलाई कसरी लिनुहुन्छ ?
म समाज प्रति आफूलाई जिम्मेवार महशुस गर्छु । म मात्र बजारमा माथी जाने होइन, जति पनि हाम्रो नेपाली उत्पादनहरु छन उनिहरुलाई बजारीकरण गर्दै, सिकाउँदै अगाडि बढन चाहन्छु ।
ओपन स्पेश नेटवर्कका आगामी योजनाहरु के–के रहेका छन ?
हाम्रो योजनाहरु भनेकै हाम्रो चारवटा कार्यक्रमहरुलाई अगाडि बढाउने नै हो । देशको हरेक कुनाहरुमा कार्यक्रमहरु गरेर त्यहाँको लो केल सामानहरुलाई बजारीकरण गर्ने सोच छ । केही वर्ष पछि हाम्रो नेपाली उत्पादनहरुलाई अरु देशमा लैजाने, बजारीकरण गर्ने, र अन्तराष्ट्रिय स्तरमा पनि कार्यक्रमहरु आयोजना गर्ने जस्ता योजनाहरु नै रहेको छन, र त्यसैमा काम गर्छौँ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked *
