“छालाको गुणस्तरता ३ चोटी जाँच गर्छौँ”:

२० वर्षको मात्र हुनुहुन्थ्यो विलाल अह्मद शाह, जब उहाँले लाटिडो खोल्नुभयो । लाटिडोले छालाको ज्याकेट, वालेट र वेल्टहरु उत्पादन गर्छ । केही कुराको सुरुवाट गर्दा चुनौतीहरु त आउँछन् नै तर विलालले भने अलि धेरै नै चुनौती भोग्नुप¥यो । बुबा सारुक अहमद शाहले पहिलै देखी छालाका सामाग्री उत्पादन गरीर हनुभएको थियो तर एकदिन उहाँको काम बन्द भयो ।
ईन्डियाको बयाबलोरमा इन्ञ्जीनियरीब पढिर हनुभएका विलाललाई बुबाको काम बन्द भएर निकै नै तनाव भइरहन्थ्यो । भएको एउटा पैसा कमाउने भाडो मात्र नभएर, बच्चै देखी बुबाको काम र बुबाले बनाएको छालाको लुगा सगँ भवनात्मक रुपले पनि उहाँ जोडिनुभएको थियो । सन् २०१४ मा उहाँले आफनो पढाई छोडी ने पाल फर्कनुभयो र लाटिडोमा छालाको सामाग्री बनाउन फेरी सुरुवाट गर्नुभयो । आज झम्सिखे लको ठूलो व्यापारीहरुमा उहाँ पनि चिनिनुहुन्छ ।
लाटिडोको सुरुवाटमा कस्ता खालका चुनौतीहरु तपाईले भोग्नुभयो ?
एकचोटी बुबाले काम गरेर बन्द भइसकेको पेशा थियो । ग्राहकहरुलाई तान्न विश्वास दिलाउन निकै नै गाह्रो भएको थियो । बुबाले होलसे लमा बेच्नको लागी बनाउनु हुन्थ्यो । तर अहिले हामीले, सिमीत रुपमा यसको उत्पादन गर्ने र ग्राहकहरुलाई तान्नुपर्छ भन्ने सोच राखेर अगाडि बढीरहेका छौँ । पहिलाको तुलानामा राम्रो पनि भइरहेको छ ।
उत्पादन भएका सामाग्रीको गुणस्तरता कसरी जाँच गर्ने गर्न‘भएको छ ?
हामीले ३ तहमा हाम्रो सामाग्री जाँच गर्छौँ । सुरुवामा छाला काँट्ने बेलामा नै, दोश्रो सिलाउने बेलामा र बनेर आइसकेपछि पनि यसको जाँच गर्छाैँ । कुन छाला, कुन उत्पादनको लागी उपयुक्त हुन्छ, राम्रोसगँ सिलाईएको छ कि छैन र कस्तो बन्यो भनेर पनि हामीले ३ चोटी जाँच गर्ने गरेका छौँ ।
कस्ता खालका छालाबाट चाहिँ नयाँ– नयाँ उत्पादन गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउनुहुन्छ ?
हामी छाला भारत बाट किन्छौँ । र छाला छान्ने काम मेरो बुबाले नै गर्न‘हुन्छ । कुन छाला हो, बक्लो भएको र नभएको सबै हेर्छौँ । हामी छालाको गुणस्तरमा निकै नै ध्यान दिन्छौँ किनभने छालाका सामाग्री अलि महंगो नै हुन्छ र हामी धेरै पैसा मात्र लिएर हाम्रो ग्राहकलाई झुकाउन चाहदैनौँ, त्यसैले थोरै बेच्ने तर गुणस्तरीय सामान बेच्छौँ ।
नेपाली बजारमा छालाको बुझाइ कतिको छ ? तपाईहरुले कसरी बुझाउने प्रयास गर्नुभएको छ ?
नेपाली बजारमा मानिस वा ग्राहकहरुलाई छालाको बारेमा धेरै जानकारी नरहेको मैले पाएको छु । म कहाँ आउने एक जना ग्राहकले राम्रो ज्याकेट छाला र अरु सामाग्रीको मिस्रण बाट बन्छ भन्ने सोच्नुभएको थियो । यो नेपाली बजारले फैलाएको गलत कुरा हो ।
हामीले उहाँहरुलाई आफैँले छाला छाम्न दिन्छौँ, र त्यसबारे बुझाँउछौँ । छालाको ज्याकेट बन्ने बितिकै सुरुवातमा कसीलो हुन्छ हामीले उहाँहरुलाई भन्ने गर्छौँ राम्रो छाला लगाएपछि, ज्यानमा मिलेपछि खुकुलो हुदैँ आउँछ । यसैगरी नै हामीले हाम्रो ग्राहकलाई विश्वास दिलाउँदै आएका छौँ।
आफनो सामाग्रीलाई विदेशी बजारको लागी निर्यात पनि गर्दै आउनुभएको छ कि ?
विदेशी बजारमा चाहिँ हामीले अहिलेसम्म निर्यात गर्न सकेका त छैनौँ । किनभने हामीले सुरुवात गरेको भर्खर ५ वर्ष मात्र भयो । तर विदेशमा बस्ने नेपालिहरुले चाहिँ मेरो सामान मगाउनुहुन्छ र उहाँलाई हामीले पठाउँछौँ पनि । उनिहरुको माध्यमबाट विदेशीहरुले पनि मेरो सामान मगाउनुहुन्छ । अहिले हामीले यसरी नै विदेशमा आफनो बजारीकरणको लागी ठाउँ बनाइरहेका छौ ।
तपाईको उत्पादनलाई मानिसहरुले कतिको मनपराई रहनुभएको छ ?
अहिले सम्म चाहिँ जति पनि मेरो पसलमा किन्न आउनुहुन्छ उहाँले मनपराउनु भएको नै छ, खासै गुनासो आएका छैनन । तर कहिले काही के ही समस्या आइहल्यो भने पनि हामी त्यसको सट्टामा अर्को दिनेगर्छौँ । हामीले हाम्रो विचार र स्टाइलको सामाग्री मात्र बेच्दैनौँ, ग्राहकहरुको सोच÷आइडियामा पनि सामान तयार पारेर दिने गर्छौँ र अहिले सम्म सबैले मन पराएका नै छन ।
गुणस्तरको मामलामा नेपाली बजार कस्तो पाउनुभएको छ ? यसलाई कसरी हामीले सुधार्न सक्छौँ ?
नेपाली बजार जहाँ छालाको उत्पादन र वितरण हुन्छ उहाँहरुलाई नै धेरै जानकारी नभएको मैले पाएको छु । तर विस्तारै सुधार त आउदैँ छ । छालाको सामाग्री महंगो हुन्छ, सस्तो मा बेच्नको लागी राम्रो छालाको छनोट राम्रोसगँ गरेको पाइदैँन र ग्राहकहरु झुक्किनुहुन्छ ।
त्यहि भएर पहिले सुरु त हामीले मासिहरुमा चेतना नै फैलाउन निकै जरुरी छ । हामीले हाम्रो पसलमा आउने ग्राहकहरुलाई बुझाउन पनि कहिले कही निकै गाह्रो हुन्छ किनकी छालाको सामान महँगो हुन्छ । पछि जब तयार भएर उहाँले लगाउनुहुन्छ, हामीलाई मनपराएर, हाम्रो काम मनपराएर उहाँहरु फेरी किन्न आउनुभएको पनि छ ।
त्यसैले मानिसहरुमा जनचेतना फैलाउनुका साथै नेपाली बजारले पनि धेरै बनाएर एकचोटी मात्र बेच्नुभन्दा, थोरै उत्पादन गर्ने तर मानिसहरुलाई बारम्बार आउने बनाउन सक्नुपर्छ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked *
