ग्रिन एन्टरप्राइज सम्भावना धेरै नै राम्रो देख्छु : ओजस्वी

ग्रिन एन्टरप्राइज सम्भावना धेरै नै राम्रो देख्छु : ओजस्वी

व्यापार व्यवस्थापन विषयमा स्नातकोत्तर गर्न‘ भएकी लतिपुरकी ओजसवी वैद्यलाई अफनो पढाई सगँ–सगैँ वातावरणका लागी पनि केही गर्नुथियो । नभन्दै उहाँको सपनाले त्यतिखेर बाटो पायो जब उहाँले नेपाल आन्टरप्रेनर हब र विश्व वन्य जन्तु कोषले आयोजना गरेको ग्रिन इनोभेसन कार्यक्रममा भाग लिनु भयो । यस कार्यक्रममा हाम्रो वरपर रहेका वा खेर गएका सामानलाई पुनः प्रयोग गरेर कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरा प्रस्तुत गर्न‘ पर्ने थियो ।

कार्यक्रम लगतै ओजसवीले पहिले सजिलै री–साइकल गरेर नयाँ स्वरुप दिन मिल्ने प्लाष्टिकमा काम गर्ने सोच्नु भयो । सामाजिक सञ्जालमा निकै अनुसन्धान गरेपछि उहाँले थाहापाउनुभयो पुराना टायरबाट पनि केही गर्न सकिने रहेछ भनेर । प्रयोगमा आइसकेका टायरले वातावरणमा ठाउँ पनि धेरै अगोट्ने, सजिलै नकुहिने र जलाउँदा प्रदुष्ण पनि धेरै हुने कारणले त्यस्ता टायरलाई अप साइकलको सिद्धान्त अनुसार टायर बाट टेबल, कुर्सी जस्ता विभिन्न सामाग्री बनाउने सोच सबै माझ प्रस्तुत गर्नुभयो र उहाँकै विचारले पहिलो पुरस्कार पायो । अनि त्यहाँबाट सुरुभयो टायर ट्रे जरसको सुरुवात ।

तर ’स्रातकोत्तर गरेर जागीर खालि भनेको छोरीले फोहोर गाडिका पाबग्रा सगँ खेल्दा’ ओजस्वीका परीवारकाहरु निकै दुःखी पहिले हुनुहुन्थयो तर पछि सम्झाउँदा, बुझदै जाँदा परीवारको साथ पाएपछि ओजस्वीलाई अगाडि बढन निकै सजिलो भयो र सन् २०१६ साल देखी विभिन्न वर्कसपमा गएर टायर संकलन गर्दै त्यसलाई टे बल र कुर्सिको आकार दिन थाल्नुभयो । टायर लाई आकार्षित बनाउनको लागी नेपालकै पुरानो परम्परागत शैली जस्तै टायरलाई पत्तेरले बुन्ने, जुटको डोरी ले वरीपरी वाधँने गरीएको छ ।

काम गर्ने शिलशिलामा तपाईँले बुन्ने तरीकालाई किन अगाल्नु भयो ?

मैले वातावरणमा भएको चिजलाई कसरी, कुन रुपमा प्रयोग गर्न सकिन्छ भनेर धेरै अनुसन्धान गरेपछि पत्तेर नामक एउटा झार बारे थाहा पाए । पत्तेर अलि लच्किने र टायरको बाहिरी भागमा बुन्न मिल्ने थाहा पाए । हामी सिक्दै अघि बढने क्रममा थियौ, र अहिले पनि छौ, कस्तो देखीएला भन्ने प्रायस गर्दै गर्दा, नभन्दै बुनेपछि एकदमै आकर्षीत देखीयो ।

“This is a highlighted insight or quote from the article that draws the reader’s attention to key points of the narrative.”

बुनाईको लागी तपाईँले कोसगँ सम्पर्क गर्नुभयो र उहाँहरुलाई कसरी टायारमा बुनाई आकार दिन मनाउनु भयो ?

हामीसगँ सोच त थियो तर यस्तो बुन्ने मान्छे कोही पनि चिन्दैन थियौं । एकदिन म नेपाल नटक्राफट सेन्टर गए जस्ले हस्तकलाका कामहरु गरीरहेको थियो र त्यहाँ गएर उहाँहरुलाई मै ले मेरो आइडियाको बारेमा भने उहाँहरुलाई राम्रो लागेपछि सरीता र जयन्ती दिदी, जसले बुनाइको काम गरीरहनुभएको थियो, उहाँलाई चिनाउनु भयो । उहाँहरुले बुनेपछि हामीले त्यो प्रडक्टलाई सरजयन्ती भनेर नाम पनि दिएका छौं ।

टायरका टेबल कुर्सी बनाउँदा कस्ता खालका सामग्रीहरु प्रयोग गर्नुहुन्छ ? सामग्री छान्दा कस्ता खाल्का मापदण्ड राख्नु भएको छ ?

म सकेसम्म आफनो प्रडक्ट वातावरण मैत्री बनाउन खोज्छु । आउटडोर यानि बाहिरको लागी प्रयोग हुने टेबल कुर्सिका लागी फलाम, स्टिल प्रयोग गरेर टायरमा रंग लागउने गरेको भ्ल्त्च्भ्एच्भ्ल्भ्ग्च् इँ त्ज्भ् ध्भ्भ्प् छु । तर इन्डोर तथा भित्रको लागी जुटको डोर ीलाई प्राकृतिक (अरगानिक) तरीकाले डाई (रब) गरेर आकार्षित ढगंले टायरको वरीपरि बेर्ने गरे का छौं । अनि अर्काे भनेका हाम्रो प्राकृतिक रुपमा पाइने पत्तेर प्रयोग गरेर बुन्ने गरछौं । यदि म एउटाले मात्रै भएपनि बातावरण प्रति आफनो जिम्मेवारी निभाए भने वातवरणलाई स्वच्छ र सफा राख्न केही मद्द्त हुन्छ कि भनेर सामग्री छान्दा नि निकै ध्यान दिन्छु ।

तपाईंको प्रडक्टमा मानिसहरुले कस्ता खालका प्रतिक्रियाहरु दिनुहुन्छ ? ग्राहकलाई आफनो प्रडक्ट किन्न कसरी आकर्षीत गरी राख्नुभएको छ ?

धेरै मानिसहरु मेरो काम देखेर अचम्म मान्नुहुन्छ । ।।।के गरेको होला’ भन्ने प्रतिक्रियाहरु हुन्छन । तर धेरैले मेरो कामलाई निकै मनपराउनु पनि भएको छ । खास, जसमा वातावरण जोगाउनुपर्छ भन्ने ज्ञान छ, उहाँहरुले मनपराउँने र हौसाला दिने पनि गर्नुभएको छ ।फर्निचर किन्नु भनेको पनि एउटा ठूलो लगानि हो, धेरै जनामा टायर भन्दा एउटा सोफा किन्यो भने राम्रो हुन्छ भन्ने सोच पनि पाएको छु ।

तर सामाजिक सञ्जाल र विभिन्न प्रर्दशनीबाट यसको फाइदाबारे भन्दा अहिले पहिलाको तुलानामा किन्ने मान्छेको संख्या बढदै छ ।

काम गर्दै जादाँ कस्ता खालको समस्या आए र त्यसलाई कसरी सुल्झाउँदै जानुभयो ?

समस्या भनेको कहिलै नसक्ने रहेछ । आज एउटा छ भने भोलि अर्काे आइहाल्दो रहेछ । किनभने हामी अझै सुरुवाती खण्डमै छौं । मेरो लागी पहिलो चुनौति भनेको आफनो सामान किन्नलाई मनिसहरु माझ चेतना फैलाउनु नै थियो र छ । फर्निचर जोड्नु भनेको ठूलो लगानी हो, र सबैले राम्रो सस्तो खोज्नुहुन्छ । तर जसले बुझनु भएको छ मेरो कामलाई उहाँले किन्नु पनि भएको छ । अर्को चुनौती भने को आर्थिक हिसाबले पनि छ, विभिन्न वर्कसपमा गएर टायर किन्नुपर्छ, म देखी तल २०÷२५ जना स्टाफ हुनुहुन्छ, उहाँहरुलाई म्यानेज गर्नुपर्ने कुराहरु छ र साथै बजार व्यवस्थापन गर्ने काम पनि चुनौतिपूर्ण छ । तर अहिले समाजिक सञ्जाल मार्फत र विभिन्न प्रर्दशर्नीमा भाग लिएर मानिसहरुलाई आफनो काम र प्रडक्ट बारे सम्झाउन, बुझाउना निकै सजिलो भएको छ । अहिले हाम्रो प्रडक्ट विभिन्न क्याफे जस्तै पाबग्रा, रेडमडले प्रयोग गरेको छन । यस्का साथै घरलाई आकार्षक बनाउने घरेलु प्रयोजनका लागी पनि माग बढिरहेको छ ।

टायर ट्रेजरस एउटा ग्रिन एन्टरप्राइज हो, आगामि दिनमा यस्का संम्भावनाहरु के–के देख्नु हुन्छ र भविष्यको योजनाहरु के(के रहेका छन ?

मैले टायर ट्रेजरसबाट वातावरणमा एउटा परीवर्तन ल्याउन सक्ने क्षमता भएको व्यवसायको रुपमा लिएको छु, र यसको सम्भावना धेरै नै राम्रो देखेको छु । यसका लागी शिक्षित मानिसहरुले यो र यो जस्ता सोचका बारे अझ राम्रो सगँ बुझन जरुरी छ । अझ बढी कामहरु गरे, यसलाई एउटा नमुनाका रुपमा दक्षीण–एसीयामा नै वातावरण जोगाउने एउटा राम्रो र उदाहरणीय उपाय बनाउन सकिन्छ ।

हामीले सुरुवाट गर्दा होटल र रेष्टुरेन्ट तिर मात्र सोचेका थियो तर अहिले घरको लागी पनि माग बढदो छ । अब हाम्रो भविषयको यो जना भनेको, यहि मागलाई पुरा गर्ने हुनेछ । हामीले सिसाको बोतलमा बत्ती प्रयोग गर्न यो ग्य सजावतका सामाग्री बनाएको थियौं, अहिले त्यसको माग नि बढीरहेको छ । तर यसलाई अझै वातावरणमैत्री बनाउन, यसमा सौर्य(उर्जा यानि घामको तापक्रमबाट बत्ती बाल्न मिल्ने प्रबिधी जोद्ने जस्ता योजनाहरुमा हामी आहिले काम गररिहेका छौं ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *