“... हस्तकलामा नेपालको अपार सम्भावना छ”

नेपाल सरकारबाट महत्वपूर्ण व्यसायिक व्यक्ति (अथवा कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन) २०१४ बाट सम्मानित महेश्वर श्रेष्ठ नेपाली हस्तकला उद्योग क्षेत्रका एक प्रख्यात व्यक्ति हुन । बेस्ट अन्टर्प्रेन्यर अफ द इयर २०१६÷२०१७ बाट सम्मानित, श्रेष्ठ अहिले एभरेष्ट फेसन र फे यर क्राफ्ट फ्रम हिमालयमा सिइओको रुपमा कार्यरत हुनुहुन्छ ।
एभरेष्ट फेसन, नेपाली हस्तकला उद्योगमा आइएसओ प्रमाणीकरण पाउने पहिलो कम्पनी बनेर नमुना कम्पनीको रुपमा स्थापित भइसके को छ । त्यसैगरी, अमेरिकाले प्रदान गर्ने प्रख्यात ।।।फेयर ट्रेड प्रमाणीकरण’ प्राप्त गर्ने पनि पहिलो कम्पनी हो । स्वदेशमा बिक्री वितरण नगरे तापनि विदेशमा नेपाली हस्तकला साथै फेल्ट समाग्री युरोप, जापान, अमेरिका लगायतका विकसित देशहरुमा निर्यात गर्नभने निकै नै सफल कम्पनी हुन सफल हुँदै आएको छ ।
नेपाल हस्तकला महासंघ, फेल्ट एसोसिएसन अफ नेपाल, तथा ललितपुर उद्योग वाणिज्य महासंघबाट संबन्ध प्राप्त गरिसकेको यस कम्पनीको मुख्य उद्देश्य भनेको परम्परागत ने पाली हस्तकलालाई विश्वसामु परिचित गराउँदै, देशको अर्थतन्त्रलाई निर्यातमा बलियो बनाउन सहयोग नै हो ।
यसै सन्दर्भमा क्यान्भास साप्ताहिक पत्रिकाका संवाददाता उर्वशी श्रेष्ठले गर्न‘भएको कुराकानी को सम्पादित अंशः
तपाईंको उध्यम्शिलताको यात्रा कस्तो रहयो बताई दिनुहोस न ?
एकदमै सानो स्तरबाट सुरु भएको व्यवसाय हो यो र परिवारबाटै सुरु भएको हो । मेहेनत ग¥यो भने काम हुन्छ भन्नेको उदाहरण बनेको छ यो । यो व्यवसाय सुरु गर्न‘ पुर्व थरी–थरीका काम हरु गरेँ । यस्तै कम्पनीमा एक बर्ष काम गरेपछी म पनि केही गर्न सक्छु जस्तो लगेर सुरु गरेको थिएँ । परिवार र परिवारको साथ बिना त केहि पनि सम्भव नै हुने थिएन । अहिले हामी २५ बर्ष भयो व्यवसाय नै गरिरखेको र यस्को प्रगति दे ख्दा खुशी अनि गर्भ नै महसुस हुन्छ ।
एभरेष्ट फेशनबाट सामान निर्यात पनि गर्न‘हुन्छ, निर्यात गर्दा के–कस्ता समस्याहरुको सामना गर्न‘ परेको छ ?
त्यति ठुलो समस्या त परेको छैन । कहिले काहिँ भन्सारमा भने समस्या आउँछ । सरकारी पदाधिकारी अनि सरकारी निकायबाट पनि समस्या आई नै रहेको हुन्छ किनकी उहाँहरुलाई थाहै हुँदैन प्राय सामानहरुको बारेमा र वहाँहरु सिक्नै वा खोज्ने प्रयास पनि गरे को देखिदैँन । विदेशमा पनि त्यति समस्या परेको छैन किनकी यो विलासिताको समान अन्तर्गत पर्छ र त्यहाँ सजिलै बिक्ने गर्छ । तर उनीहरुको अर्थतन्त्रमा भने निर्भर गर्छ । हाम्रो हातमा त हुँदैन । तर हामी उनीहरुको अर्थतन्त्रको अवस्थाको लेखाजोखा भने गरिरहेका अनि हुन्छौँ ।
निर्यात गर्ने देशहरुको संस्कृती कसरी नियाल्नु भएको छ नि ? र के–कस्ता सांस्कृतिक भिन्नता पाउनुभएको छ ?
हामीले उनीहरुको संस्कृति अध्ययन गरे पछी यती बुझेकाछौँ कि हाम्रो देश संस्कृतिमा एकदमै धनी भएपनि एउटै डिजाइन त सधैँ चल्दैन । त्यसमाथी हामी नेपालीको रचनात्मक क्षमता एकदमै राम्रो छ र हस्तकलामा पनि एकदमै दक्ष छ । हामीमा अनुकरण गर्ने क्षामता पनि छ र अरु देशहरुको शैलीहरुमा पनि मिश्रण गर्न सक्छौँ । तर, हामीले आफ्नो तरिकाबाट मात्र बनायौँ भने बिक्री भने हुँदैन, उनीहरुको आवश्यक्ता अनुसार चल्नुपर्ने हुन्छ ।
हाम्रो देशको संस्कृती मात्र धनी छ भनेर मात्र हुँदैन, उनीहरुको संस्कृती अनुसार पनि हिंड्नु पर्छ । इन्टर्नेटबाट पनि धेरै कुरा सिक्नुपर्छ । कती पटक त हाम्रो आफ्नो नै ग्राहकहरुले हामीलाई डिजाइनहरु दिनुहुन्छन, खरिदारहरुले नै सिकाउँछन र सुचित गर्छन ।
हाम्रो सांस्कृतिक परम्परा झल्काउने सामानहरु एउटा–दुईटा बाहेक जाँदैनन । विदेशमा नेपाली परम्परागत पसलहरु, साँस्कृतिक सामानहरु फै लिरहेका छन र हाम्रो पनि त्यही सोचका साथ हामी नि निर्यातनै गर्छम र निर्यातमा नै राम्रो छ कम्पनीलाई ।
यस्तो ठुलो कम्पनीमा अहिलेसम्म दक्ष जनशक्तिको व्यवस्था कसरी गर्न‘ भइरहेको हुनुहुन्छ ?
जनश्रोत व्यवस्था गर्न हामी परीक्षण र त्रुती (अथवा ट्रायल एण्ड एरर) विधि प्रयोग गर्छौँ । आफै गर्दै, आफै सिक्दै अगाडी बढिरहेका छौँ । २५ बर्षमा हामीले हरेक महिला दिदी–बहिनीहरुलाई आफै सिकाइरहेका छौँ, २ र ३ जना जो अरु ठाउँबाट काम गरेर आउनु भयो, वहाँहरु बाहेक, सबैले यहिँ सिक्नु भएको हो । नयाँ कर्मचारीहरुलाई पनि हामी आफै सिकाउछौ । नयाँ कर्मचारीहरुको योग्यता साथै सांस्कृतिक मौलिकतालाई पनि महत्वका साथ हेर्छौँ ।
कम्पनी र कम्पनीले बनाउने समानका प्रचार प्रसारका लागि के–कस्ता प्रचारप्रसारका यो जनाहरु बनाउनु भएको छ ?
काम सुरु गर्दा त केहि प्रचारप्रसार गर्ने रणनितीहरु थाहा थिएन । हामी समानको झोला बोकेर ठमेल जन्थ्यौँ, ठमेलमा सानो स्टोर खो लेका थियौँ र त्यहिँ बेच्थ्यौँ । त्यसपछी हामीले विदेशी ग्राहकहरु पायौँ र हामीले अन्तराष्ट्रिय प्रदर्शनीहरु गर्न सुरु ग¥यौं । तर अहिले आएर प्रदर्शनी भन्दा पनि सिफारिस एकदमै सहयो गी छ । अनि विदेशी ग्राहकहरुले पनि हाम्रो सामानहरुको ईन्टरनेट मार्फत प्रचारप्रसार गरिदिनुभएका छन । हामी आफैले चाहिँ कुनै सामाजिक सन्जालको प्रयोग अथवा विज्ञापनहरु दिने चाहिँ गरेको छैनौं ।
तपाइले सुरुगर्न‘ भएदेखि अहिलेसम्म यस व्यवसायमा आएका सकारात्मक र नकारात्मक कुर।हरु के–के छन ?
पहिले मोटरसाइकलहरु थिएनन, हामी झोला बोकेर, हिन्द्दै जाने ग¥थ्यौँ । अहिले सबै ठाउँमा यातायातको व्यवस्थापन छ । सत्तरी प्रतिशत सामानहरु भारतको कलकत्तासम्म ट्रकमा कन्टे नरहरुमा लग्छौँ र त्यहिबाट निर्यात ग¥छौँ । तर सरकारले हामीलाई निर्यातमा दुई प्रतिशत छुट दिएको छ, प्रोत्साहनका लागी । अरु खासै केही दिएको छैन । स–सानो कुराहरु मिलाउन बाँकी नै छन । लाईसेन्स नवीकरण गर्न सात–आठ महिना लाग्छ जुन दुई मिनेटको मात्र काम हो । सिस्टममा छैनौँ तर कुरा मात्र ठुल–ठुला भएका छन ।
यस क्षेत्रमा सामाजिक अनुपालनको भुमिका के–के देख्नु भएको छ ?
सामाजिक अनुपालन भनेको चाहिँ मान्छेको आधारभुत आवश्यकता, इच्छा, चाहना, सुरक्षा आदिको व्यवहार वा तरिका हो । कार्यलयको व्यवहार, प्राकृतिक प्रकोप, कम्पनी संरचना सबैलाई ध्यान दिनु पर्छ यसमा । सामाजिक अनुपालन भयो भने कम्पनीको कारोबार राम्रो हुन्छ । विश्व जगतमा अहिलेका ग्राहकहरु सामान बनाउने कर्मचारीहरुको अवस्थाको बारेमा सचेत हुनुहुन्छन र समान किन्छन । गुणस्तरतामा सुधार गर्न पनि समय लाग्ने अनि जाँच गर्दा पनि समस्या आउने भएकाले यसो गर्दा राम्रो हुन्छ, र हाम्रा ग्राहकहरुले पनि दिनुभएको सुझाव यही नै हो ।
तर यसका बारेमा हाम्रो सरकारलाई पनि र ाम्ररी थाहा छैन र म सबैलाई सिकाउन पनि चाहन्छु । सामाजिक अनुपालनको बारेमा धेरै कुराहरु गर्न मनलाग्छ, र यस विषयमा सिकाउन सरकारले मलाई भन्यो भने म विस्तृत रूपमा सबै सिकाउन, बुझाउन तयार छु । हामीलाई श्रम कानुनद्वारा दायरामा राखिन्छ तर सामाजिक अनुपालन त्यो भन्दा पनि एक पाइला अगाडी हुन्छ । यो गर्नै पर्ने चिज हो । रमाइलो छ यसमा । अभ्यास गर्दै जाँदा मज्जा आउँछ ।
तपाइँको अगामी दिनहरुका व्यक्तिगत तथा व्यवसायिक योजनाहरु के–के छन ?
एभरेष्ट फेसनमा काम गर्न म एकदमै रमाइलो महसुस गर्छु र मेरो सबै थोक भनेकै यही हो । व्यक्तिगत वा व्यवसायिक योजना जे भने नि यसैको लागी हो । एभरेष्ट फेसनको नै कुरा गर्दा, सरकारले सहयोग ग¥यो भने, ५००० जना नेपालीहरुलाई रोजगारी दिने उद्देश्य छ । हामी नेपालीहरुको भविष्य उज्जवल छ भन्ने विश्वास छ ।
तर हाम्रो हातमा सबै कुराहरु हुँदैनन । सरकार अनि सरकारका नीतिहरु राम्रा हुनुपर्छ किनकी सरकार बिना त केहि काम पनि हुन सक्दैन । हाम्रो सम्भावना बलियो भए पनि सरकारको थप संलग्नता महत्त्वपूर्ण हुन्छ । यसका लागी सरकारले थप श्रोतहरुको प्रयोग गर्न‘पर्छ र अरु सफल निर्यात गरिरहने देशहरुको अध्ययन गर्न‘ पर्छ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked *
